बलात्कारसम्बन्धी हद म्यादको व्यवस्था संशोधन गर्न नेविसंघको माग « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बलात्कारसम्बन्धी हद म्यादको व्यवस्था संशोधन गर्न नेविसंघको माग


८ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । नेपाल विद्यार्थी संघले बलात्कार सम्बन्धी अपराधमा जाहेरीकालागि हद म्यादको व्यवस्था संशोधन गर्न माग गरेको छ ।

नेविसंघले आज (आइतबार) कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीलाई भेटेर ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो ।

एक वर्षे हद म्यादका कारण बलात्कारबाट पीडित महिलाहरूलाई न्याय पाउनबाट वञ्चित हुनुपरेको भन्दै अहिलेको व्यवस्था न्यायपूर्ण नभएकाले संशोधन गर्न माग गरिएको नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले बताए ।

‘बलात्कारजस्ता जघन्य अपराधका घटनामा दोषीले कुनै हालमा उन्मुक्ति पाउनुहुँदैन । दोषीमाथि कडा कारबाही र विभेदकारी कानुनी व्यवस्था संशोधन हुनुपर्छ,’ उनले भने ।

नेविसंघको ज्ञापनपत्र बुझ्दै मन्त्री बन्दीले सरकारले कानुन संशोधनको प्रक्रिया अघि बढाइसकेको बताएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस