मेयरमा पराजित भएपछि वडले भने, ‘पार्टीको चुनाव चिन्ह भएपनि स्वतन्त्र लडेको हुँ, पार्टीबाट असहयोग भयो’ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

मेयरमा पराजित भएपछि वडले भने, ‘पार्टीको चुनाव चिन्ह भएपनि स्वतन्त्र लडेको हुँ, पार्टीबाट असहयोग भयो’


८ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । धनगढी उपमहानगरपालिकाको मेयरमा पराजित भएपछि सत्तारूढ गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका नृपबहादुर वडले आफ्नै पार्टीको असहयोगका कारण पराजय भोग्न परेको बताएका छन् ।

नवनिर्वाचित मेयर गोपाल हमाललाई बधाई तथा शुभकामना दिन उपमहानगरपालिका कार्यालय पुगेका वडले पत्रकारसँग कुराकानी गर्दै पार्टीको चुनाव चिन्ह लिएपनि स्वतन्त्र रूपमा प्रतिस्पर्धा गरेको उल्लेख गरे ।

‘यहाँ नामको मात्र गठबन्धन भएको थियो । मेरो पार्टीको चुनाव चिन्ह पाएपनि म यसपटक मेयरमा स्वतन्त्र लडेको हुँ,’ वडले भने, ‘नवनिर्वाचित मेयरलाई मेरो पूर्ण सहयोग रहनेछ । मेरो कार्यकालमा गरिएका राम्रा कामलाई निरन्तर दिनुहुनेछ भन्ने विश्वास गरेको छु ।’

वडले उपमहानगरपालिका पुगेर नवनिर्वाचित मेयर हमाललाई बधाई तथा शुभकामना दिएका थिए ।

२०७४ सालको निर्वाचनमा धनगढी उपमहानगरपालिकाको मेयरमा विजयी भएका वड यसपटक भने गठबन्धन गर्दा समेत स्वतन्त्र उम्मेदवार हमालसँग झन्डै दोब्बर मतले पराजित भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस