भंगहा नगरपालिकाको प्रमुखमा लोसपा र उपप्रमुखमा काँग्रेस विजयी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भंगहा नगरपालिकाको प्रमुखमा लोसपा र उपप्रमुखमा काँग्रेस विजयी


८ जेष्ठ २०७९, आइतबार


जलेश्वर । महोत्तरीको भंगहा नगरपालिकाको प्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।

मत परिणामअनुसार आज भंगहामा प्रमुखमा लोसपा नेपालका सञ्जीवकुमार साह पाँच हजार ६१७ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत केशव अर्यालले बताए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विजय मण्डलले पाँच हजार ३५४ मत ल्याएका छन् ।

सो पालिकाको उपप्रमुखमा काँग्रेसका शान्तिकुमारी सिंहले पाँच हजार ७७५ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी लोसपा नेपालका गङ्गाकुमारी सिंह दनुवारले पाँच हजार ३५५ मत प्राप्त गरेकी हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस