भरतपुरमा गठबन्धनलाई भारी अग्रता, रेनु ७ हजार र चित्रसेन १५ हजारभन्दा बढी मतले अगाडि « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भरतपुरमा गठबन्धनलाई भारी अग्रता, रेनु ७ हजार र चित्रसेन १५ हजारभन्दा बढी मतले अगाडि


८ जेष्ठ २०७९, आइतबार


काठमाडौँ। चितवनको भरतपुर महानगरपालिकामा ८९ हजार ७७५ मत गणना हुँदा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले ७ हजार भन्दा बढी मतको अग्रता लिएकी छन् ।

पछिल्लो मत परिणाम अनुसार रेनुले ३५ हजार २३० र एमाले उम्मेदवार विजय सुवेदीले २७ हजार ७६५ मत पाएका छन् । उनीहरूबिचको मत अन्तर ७ हजार ४६५ छ । स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ११ हजार ८५२ मत पाएका छन् ।

मतगणनाको सुरुवाती चरणमा रेनु र विजयबिच कडा प्रतिस्पर्धा हुने सङ्केत देखिए पनि अहिले रेनुको अग्रता फराकिलो भइसकेको छ ।

भरतपुरमा सत्ता गठबन्धनका दलहरू तालमेल गरेर चुनाव लडेका थिए । नेकपा एमाले र राप्रपाले पनि तालमेल गरेर उम्मेदवारी दिएका थिए ।

सत्ता गठबन्धनको तर्फबाट उपप्रमुख पदमा उम्मेदवार बनेका नेपाली काँग्रेसका चित्रसेन अधिकारी पनि फराकिलो मत अन्तरले अगाडि छन् । उनले राप्रपाकी उपप्रमुख उम्मेदवार हिमला गुरुङलाई १५ हजारभन्दा बढी मत अन्तरले पछाडि पारेका छन् । बिहान ७ बजेसम्मको परिणाम अनुसार चित्रसेनले ३७ हजार ३२६ र हिमलाले २१ हजार ९०० मत पाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस