सप्तरीको छिन्नमस्तामा लोसपाका चौधरी विजयी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सप्तरीको छिन्नमस्तामा लोसपाका चौधरी विजयी


८ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । सप्तरीको छिन्नमस्ता गाउँपालिका अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी (लोपसा)का विद्यानन्द चौधरी निर्वाचित भएका छन्।

चौधरीले २ हजार ८ सय ९५ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका उम्मेदवार सत्यनारायण यादवले १ हजार ७ सय ६६ मत ल्याए।

चौधरीले १ हजार १ सय २९ मतान्तरले यादवलाई हराएका हुन्।

यस्तै उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन्। आइतबार बिहान सार्वजनिक भएको मतगणनाको अन्तिम परिणामअनुसार छिन्नजस्ता गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी राजुदेवी यादव निर्वाचित भएकी हुन् ।

यादवले २ हजार ४ सय ७२ मत ल्याएर विजयी भइन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी उम्मेदवार प्रमीलादेवी साहले १ हजार ५ सय ९५ मत ल्याएकी छन्।

यो सँगै लोसपाले जितेको पालिकाको सङ्ख्या ११ पुगेको छ। ६ वटा नगरपालिका जितेको लोसपाले ५ वटा गाउँपालिका जितेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस