आइपिएल : मुम्बईसँग दिल्ली पराजित भएसँगै बेङ्ग्लोर पुग्यो प्लेअफमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आइपिएल : मुम्बईसँग दिल्ली पराजित भएसँगै बेङ्ग्लोर पुग्यो प्लेअफमा


८ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई हराएको छ ।

महत्त्वपूर्ण खेलमा दिल्ली मुम्बईसँग पराजित भएसँगै रोयल च्यालेञ्जर्स बेङ्ग्लोर प्लेअफमा पुगेको छ । दिल्ली ५ विकेटले पराजित भएपछि बेङ्ग्लोर १६ अङ्कका साथ अन्तिम चारमा रहेर प्ले अफमा पुगेको हो ।

जितका लागि १ सय ६० रनको लक्ष्य पछ्याएको मुम्बईले १९ ओभर १ बलमा ५ विकेट गुमाउँदै भेट्टायो । मुम्बईका ईशान किशनले सर्वाधिक ४८ रन जोडे । दिल्लीका शार्दुल ठाकुर र एनरिच नोर्कियाले २-२ विकेट लिए । त्यसअघि मुम्बईमा टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो ।

दिल्लीका रोभम्यान पावेलले सर्वाधिक ४३ रन बनाए । मुम्बईका जस्प्रित बुमराहले ३ तथा रमनदीप सिंहले २ विकेट लिए । गुजरात, राजस्थान रोयल्स र लखनउ यसअघि नै प्ले अफमा पुगिसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस