जिससका लागि दाङमा काँग्रेसको एकल बहुमत « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

जिससका लागि दाङमा काँग्रेसको एकल बहुमत


७ जेष्ठ २०७९, शनिबार


तुलसीपुर । दाङमा जिल्ला समन्वय समिति गठनका लागि काँग्रेसको स्पष्ट बहुमत आएको छ ।

स्थानीय तह प्रमुख र उपप्रमुखले मतदान गर्ने जिल्ला समन्वय समितिका लागि दाङबाट २० प्रमुख र उपप्रमुख छन् ।

दश स्थानीय तहमध्ये दाङमा नौ वटा स्थानीय तहका प्रमुख र उपप्रमुखले अन्तिम नतिजा ल्याएर पदभार ग्रहण गरिसकेका छन् । तुलसीपुर उपमहानगरपालिकामा भने मतगणना जारी छ ।

नतिजा आएका नौ स्थानीय तहबाटै जिल्ला समन्वय समितिमा काँग्रेसको स्पष्ट बहुमत देखिएको हो । काँग्रेसले नौ स्थानीय तहमध्ये पाँच प्रमुख र आठ उपप्रमुखमा विजयी हासिल गरेको छ । एघार जना मतदाता भए बहुमत पुग्नेमा काँग्रेसले मात्रै १३ प्रमुख, उपप्रमुख जितिसकेको छ ।

लमही नगरपालिकासहित दङ्गीशरण, शान्तिनगर, बबई र राजपुर गाउँपालिकामा प्रमुख र उपप्रमुख जितेको काँग्रेसले राप्ती, बङ्गलाचुली र गढवामा उपप्रमुख मात्रै जितेको हो ।

एमालेले दुई प्रमुख र उपप्रमुख जितेको छ घोराही उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा जितेको छ भने माओवादी केन्द्रले बङ्गलाचुली, राप्ती र गढवा गाउँपालिकाकाका प्रमुखमा जितेको हो । जिल्ला समन्वय समितिका लागि स्थानीय तह प्रमुख, उपप्रमुख, वडाध्यक्ष, सदस्यले उम्मेदवारी दिन पाउनेछन् ।

मत भने स्थानीय तह प्रमुख र उपप्रमुखले मात्रै दिन पाउने व्यवस्था छ ।

Tags :
प्रतिक्रिया दिनुहोस