रेनु र विजयको मतान्तर ५५ सय बढी, उपमेयरमा चित्रसेन ३१ हजार नजिक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

रेनु र विजयको मतान्तर ५५ सय बढी, उपमेयरमा चित्रसेन ३१ हजार नजिक


७ जेष्ठ २०७९, शनिबार


काठमाडौँ। भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले निकटतम प्रतिस्प्रर्धीसँगको मतान्तर निरन्तर फराकिलो बनाउँदै लगेकी छन् । उनले एमालेका विजय सुवेदीलाई ५ हजार ५१८ मतले पछि पारेकी छन् ।

अहिलेसम्म ७३ हजार ७८७ मतगणना भएको छ । जसमा रेनुले २८ हजार ६०८ मत र विजयले २३ हजार ९० मत प्राप्त गरेका छन् ।

जगन्नाथ पौडेलले १० हजार १३ मत पाएका छन् ।

उपमेयरमा चित्रसेन अधिकारी ३० हजार ९०१ र हिमला गुरुङले १७ हजार ९२० मत प्राप्त गरेकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस