वीरगञ्ज महानगरपालिकामा गठबन्धनको अग्रता « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

वीरगञ्ज महानगरपालिकामा गठबन्धनको अग्रता


६ जेष्ठ २०७९, शुक्रबार


वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले २३ हजार ८५२ मतसहित आफ्नो अग्रतालाई निरन्तरता दिएका छन् ।

नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगी १२ हजार २८९ मतसहित उनीसँग प्रतिस्पर्धामा छन् ।

यसै गरी उपप्रमुख पदमा पनि गठबन्धनका उम्मेदवार इम्तियाज आलमले कूल १६ हजार ८६१ मतसहित अग्रतालाई निरन्तरता दिएका छन् । उपप्रमुख पदका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता पुरुषोत्तमलाल झा तीन हजार ५७६ मतसहित उनीसँग प्रतिस्पर्धामा छन् ।

हालसम्म यस महानगरपालिकामा कूल ४६ हजार ३५२ मत गणना भएको हो । महानगरपालिकामा हालसम्म वडा नं १, २, ३, ४, ५, २५, २७, २८, २९, ३०, ३१ र ३२ को मतगणना सम्पन्न भएको छ ।

कूल ३२ वटा वडा रहेको यस महानगरपालिकामा अन्य वडाहरूको मत परिमाण आउन बाँकी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस