मिथिलाको प्रमुखमा काँग्रेस र उपप्रमुखमा एमाले विजयी « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

मिथिलाको प्रमुखमा काँग्रेस र उपप्रमुखमा एमाले विजयी


६ जेष्ठ २०७९, शुक्रबार


धनुषा । मिथिला नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । काँग्रेसबाट प्रमुख पदका उम्मेदवार महेन्द्र महतो ९१ मतान्तरले निर्वाचित भएका छन् ।

निर्वाचित महतोले सात हजार ३१ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का राजाराम महतोले छ हजार ९४० मत प्राप्त गरे ।

त्यसै गरी उपप्रमुखमा भने एमालेका उम्मेदवार सुनिता सिंह बुढाथोकी निर्वाचित भएकी छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवार निर्मला कोइरालालाई ६७९ मतान्तरले पराजित गरेकी छन् ।

उपप्रमुखमा निर्वाचित भएका बुढाथोकीले सात हजार ४१४ मत प्राप्त गरेकी छन् भने काँग्रेसका कोइरालाले छ हजार ७३५ मत पाएकी छन् ।

विसं २०७४ को चुनावमा मिथिला नगरपालिकामा प्रमुख र उपप्रमुखसहित बहुमत वडाध्यक्ष एमालेले जितेको थियो ।

एघार वडा रहेको सो नगरपालिकामा यस पटक पाँच वडामा एमाले, चारमा काँग्रेस र दुई वडामा एकीकृत समाजवादीले जितेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस