६४० स्थानीय तहको नतिजा घोषणा, अझै ११३ पालीका बाँकी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

६४० स्थानीय तहको नतिजा घोषणा, अझै ११३ पालीका बाँकी


६ जेष्ठ २०७९, शुक्रबार


काठमाडौँ । एक साताअघि सम्पन्न भएको स्थानीय तह निर्वाचनको नतिजा आउने क्रम जारी छ । पछिल्लो मत परिणाम अनुसार ६४० स्थानको नतिजा घोषणा भएको हो । अब ११३ स्थानीय तहको नतिजा आउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार केही स्थानको मतगणना सुरु हुन बाँकी रहेपनि अधिकांश स्थानको मतगणना अन्तिम चरणमा पुगेको छ । महानगरपालिकाको गणना जारी रहेपनि धेरै मत रहेकाले अझै केही दिन लाग्न सक्ने देखिएको छ ।

आयोगका अनुसार अहिलेसम्म सबैभन्दा धेरै २ सय ८५ स्थानीय तह काँग्रेसले जितेको छ भने दोस्रो स्थानमा एमाले १ सय ७८र तेस्रो स्थानमा माओवादी केन्द्र १ सय ११ विजय हासिल गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस