मन्त्रिपरिषद्को बैठक बस्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मन्त्रिपरिषद्को बैठक बस्दै


६ जेष्ठ २०७९, शुक्रबार


काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

संघीय संसद्मा भोलि सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी छ । मन्त्रिपरिषद् बैठकमा सो विषयमा छलफल हुने बुझिएको छ ।

यस्तै, स्थानीय तह निर्वाचनको समीक्षालगायत विषयमा छलफल हुनेछ ।

सरकार आउँदो आर्थिक वर्षको बजेटको तयारीमा समेत जुटेको छ । हरेक वर्षको जेठ १५ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

Tags :
प्रतिक्रिया दिनुहोस