बालेन्द्र साहले मतान्तर ह्वात्तै बढाए « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बालेन्द्र साहले मतान्तर ह्वात्तै बढाए


६ जेष्ठ २०७९, शुक्रबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले झन्डै २७ हजार मत ल्याएका छन्।

पछिल्लो परिणामअनुसार बालेनले २६ हजार ९ सय २८ मतसहित अग्रता कायमै राखेका छन्। नेकपा एमालेका केशव स्थापितले १४ हजार १ सय ६५ र काँग्रेस उम्मेदवार सिर्जना सिंहले १३ हजार ५ सय ६२ मत ल्याएका छन्।

उपमेयरमा भने एमाले उम्मेदवार सुनिता डङ्गोलले २५ हजार बढी मत ल्याएकी छन्। उनलाई पछ्याइरहेका नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठको ७ हजार मत छ।

Tags :
प्रतिक्रिया दिनुहोस