घरेलु मैदानमै गुमायो नेपालले श्रृङ्खला « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

घरेलु मैदानमै गुमायो नेपालले श्रृङ्खला


५ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । पहिलो पटक घरेलु मैदानमा टी-२० अन्तर्राष्ट्रिय शृंखला खेलेको नेपाली महिला क्रिकेट टिमले युगान्डासँग लगातार तेस्रो हार व्यहोरेको छ ।

बिहीबार भएको खेलमा नेपाल युगान्डासँग ६ विकेटले पराजित भयो । यस हारपछि युगान्डाले पाँच खेलको श्रृङ्खला दुई खेलअघि नै आफ्नो पक्षमा पारेको छ ।

यसअघि पहिलो खेलमा नेपाल युगान्डासँग १२ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल १ रनले पराजित भएको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ८ विकेट गुमाएर ९९ रन बनाएको थियो । १०० रनको लक्ष्य पाएको युगाण्डाका लागि ओपनर केभिन अविनोले सर्वाधिक ४२, जानेट एमबाबाजाईले २७ रन, रिता मुसामलीले ९ रन बनाइन् । केभिन र जानेटले गरेको ६६ रनको साझेदारी नै युगान्डाको जितको आधार बन्यो ।

Tags :
प्रतिक्रिया दिनुहोस