गोकुल बाँस्कोटाको गृह नगरमा गठबन्धनका उम्मेदवार विजयी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

गोकुल बाँस्कोटाको गृह नगरमा गठबन्धनका उम्मेदवार विजयी


५ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाको गृह नगर काभ्रेको मण्डनदेउपुर नगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार टोकबहादुर वाइबा नगर प्रमुख बनेका छन् ।

उनले नौ हजार ४०६ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार विदुरप्रसाद सापकोटाले आठ हजार ३५१ मत ल्याएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विष्णुमणि नेपाल ११ हजार ३०५ मतका साथ विजयी भए ।

उनका निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार सरिता ढकालले ६ हजार ९२४ मत ल्याइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस