अध्यक्ष प्रचण्डसँग गृह र कानूनमन्त्रीको भेट , नागरिकता विधेयकबारे छलफल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अध्यक्ष प्रचण्डसँग गृह र कानूनमन्त्रीको भेट , नागरिकता विधेयकबारे छलफल


५ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् ।

प्रचण्डको निजी निवास खुमलटारमा भएको भेटमा नागरिकता विधेयकका बहसमा रहेका केही प्रावधानहरुबारे छलफल भएको स्रोतले बतायो ।

भेटमा समसामयिक राजनीति र सरकारले संसदमा पेस गर्न लागेका विभिन्न विधेयकबारे छलफल भएको गृहमन्त्री खाँणले जानकारी दिएका छन् ।

प्रतिनिधिसभाको जारी अधिवेशनमा राजनीतिक दलहरूबीचको सहमतिमा नागरिकता विधेयक पेस गर्ने विषयमा पनि भेटमा छलफल भएको छ ।

सरकारले दलीय सहमतिमा नागरिकता विधेयक संसदमा पेस गर्ने तयारी गरेको छ ।

दलीय सहमति जुटाउन गृहमन्त्री खाँण र कानूनमन्त्री शर्माले माओवादी अध्यक्ष दाहालसँग भेट गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस