सुस्ता गाउँपालिकामा काँग्रेस विजयी « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

सुस्ता गाउँपालिकामा काँग्रेस विजयी


५ जेष्ठ २०७९, बिहिबार


परासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्ता गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।

अध्यक्षमा टेकनारायण उपाध्याय र उपाध्यक्षमा गीता चौधरी विजयी भएका हुन् ।

यसअघिको निर्वाचनमा अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) विजयी भएको थियो ।

एमालेका रामप्रसाद पाण्डेलाई २७२ मतान्तरले हराउँदै उपाध्याय निर्वाचित भएका हुन् । उनले ६ हजार २७० तथा पाण्डेले पाँच हजार ९९८ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा काँग्रेसकै गीता चौधरीले निवर्तमान उपाध्यक्ष एमाले उम्मेदवार इन्द्रकुमारी थरुनीलाई ६२१ मतान्तरले पराजित गरेका हुन् ।

चौधरीले ६ हजार ६०५ तथा थरुनीले पाँच हजार ९८४ मत ल्याएको छ । पाँच वडा रहेको यस गाउँपालिकामा तीनमा काँग्रेस र दुईमा एमाले विजयी भएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार वडा नं। १, ४ र ५ मा काँग्रेस तथा वडा नं २ र ३ मा एमाले विजयी भएको छ ।

तेइस हजार ९५९ मतदाता रहेको यस गाउँपालिकामा १८ हजार ७५४ मत खसेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस