भद्रपुरको प्रमुखमा काँग्रेस, उपप्रमुखमा राप्रपा विजयी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

भद्रपुरको प्रमुखमा काँग्रेस, उपप्रमुखमा राप्रपा विजयी


५ जेष्ठ २०७९, बिहिबार


झापा । झापाको भद्रपुर नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेस तथा उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको छ ।

प्रमुखमा गणेश पोखरेल र उपप्रमुखमा राधा कार्की निर्वाचित भएका हुन् ।

पोखरेलले नेकपा (एमाले)का असारु राजवंशीलाई पराजित गरे। उनले १२ हजार ५२५ मत प्राप्त गरे । राजवंशीले नौ हजार ७५९ मत ल्याए । राप्रपाका नवराज पनेरुले ६ हजार ३१० मत प्राप्त गरेका छन् ।

नगर उपप्रमुखमा कार्कीले नौ हजार २३० मत प्राप्त गरिन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का शिवकुमार राजभण्डारीले आठ हजार ५३३ मत पाए । भद्रपुरमा काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी गठबन्धन भएको थियो ।

जिल्लाका १५ पालिकामध्ये हालसम्म दुई नगरपालिका र तीन गाउँपालिकाको मत परिणाम सार्वजनिक भइसकेको छ भने १० वटामा मत गणना जारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस