२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विवादका कारण तीन दिनदेखि रोकिएको तिलोत्तमाको मतगणना सुरु, गणनास्थलमा सेना राखियो

अ+ अ-

रुपन्देही । विवादका कारण तीन दिनदेखि रोकिएको रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेपाली सेनाको उपस्थितिमा मतगणना सुरु भएको छ ।

गत सोमबार रातिदेखि रोकिएको मतगणना हिजो (बुधबार) राति ९ बजेदेखि सुरु गर्ने भनिए पनि पुनः विवाद भएपछि रोकिएको थियो ।

यसअघि वडा नम्बर २ र १६ को मतगणना गर्ने क्रममा निर्वाचन कार्यालयका कर्मचारीले गणना भएभन्दा फरक मत टिपोट गरेको भन्दै नेपाली काँग्रेसले मतगणना अगाडि बढाउन दिएको थिएन ।

बुधबार निर्वाचन आयोगले दुई वटै वडाको पुनः मतगणना गर्न निर्देशन दिएपछि सर्वदलीय बैठकले राति ९ बजेदेखि मतगणना सुचारु गर्ने सहमति गरेको थियो । तर शान्ति नमुना माविका प्रधानाध्यापक दलीय प्रतिनिधि बनेर मतगणना स्थलमा गएको भन्दै एमालेका वडा सदस्यका उम्मेदवार मनिष अधिकारीले प्रश्न उठाएपछि झनै विवाद उत्पन्न भएको थियो ।

यसअघि तिलोत्तमा नगरपालिकाका निर्वाचन अधिकृत माधवप्रसाद लोहनीले मतगणना स्थलमा अराजक समूहले फौजदारी कार्य गर्दा पनि सुरक्षा निकायबाट कुनै सहयोग नभएको बताएका थिए ।

नेकपा एमालेले पनि प्रहरीको सुरक्षा भरपर्दो नभएको भन्दै नेपाली सेनाको उपस्थितिमा मात्रै मतगणना अघि बढाउन माग गरेको थियो । सोहीअनुरुप सेनाको उपस्थितिमा निर्वाचन अधिकृतको कार्यालयले रोकिएको मतगणना मध्यरातिदेखि सुचारु गरेको हो ।

निर्वाचन अधिकृत लोहनीले सुरक्षा सहजताका लागि सेनाको उपस्थिति भएपछि गणना सुचारु भएको बताए ।

मतगणनाको पछिल्लो विवरणअनुसार नगर प्रमुख पदमा नेपाली काँग्रेस र माओवादी गठबन्धनका रामकृष्ण खाँणले तीन हजार ८२८ मत प्राप्त गरेका छन् भने एमालेका मोहन चापागाईँले तीन हजार ६२१ मतका साथ पछ्याइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस