दुधौलीको प्रमुखमा माओवादी केन्द्र र उपप्रमुखमा काँग्रेसको जित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दुधौलीको प्रमुखमा माओवादी केन्द्र र उपप्रमुखमा काँग्रेसको जित


४ जेष्ठ २०७९, बुधबार


सिन्धुली । दुधौली नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र) का दिनेश अधिकारी दनुवार र उपप्रमुखमा नेपाली काँग्रेसका चन्द्र किशोर थारु निर्वाचित भएका छन् ।

नेकपा (एमाले)का उम्मेदवारलाई पराजित गर्दै दनुवार र थारु निर्वाचित भएका हुन् । दनुवारले १५ हजार ८३८ तथा थारुले १४ हजार २१३ मत प्राप्त गरे । प्रमुखका प्रतिद्वन्द्वी एमालेका लक्ष्मण कार्कीले १० हजार ६३५ तथा उपप्रमुखका प्रतिद्वन्द्वी एमालेकै बालकुमारी अधिकारीले १० हजार ६११ मत प्राप्त गरे ।

पराजित अधिकारी २०७४ सालमा उपप्रमुखमा निर्वाचित भएका थिए । चौध वडामध्ये काँग्रेसले सात, एमालेले चार र माओवादी केन्द्रले तीन वटामा जित हासिल गरेको छ । काँग्रेस वडा नं १, ३, ४, ५, ६, ७ र ८ मा विजयी भएको छ ।

यस्तै एमाले उम्मेदवार वडा नं २, ९, १० र ११ मा तथा माओवादी केन्द्रका उम्मेदवार वडा नं १२, १३ र १४ मा विजयी भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस