राष्ट्र बैङ्कले १० अर्बको विकास ऋणपत्र बिक्री गर्दै, ब्याजदर १० प्रतिशत « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राष्ट्र बैङ्कले १० अर्बको विकास ऋणपत्र बिक्री गर्दै, ब्याजदर १० प्रतिशत


४ जेष्ठ २०७९, बुधबार


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले भोलि (बिहीबार) १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ ।

विकास ऋणपत्र २०८१ ‘ङ’ नाम दिइएको उक्त ऋणपत्रको परिपक्व अवधि २ वर्षको छ । उक्त ऋणपत्रमा वार्षिक १० प्रतिशतका दरले ब्याज पाइन्छ ।

राष्ट्र बैङ्कले यही जेठ र असारमा १ खर्ब रुपैयाँभन्दा केही बढी आन्तरिक ऋण सङ्कलन गर्दै छ । सोही क्रममा बिहीबारदेखि राष्ट्र बैङ्कले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्न लागेको हो ।

ऋणपत्र नेपाली नागरिक, बैङ्क तथा वित्तीय संस्था, बिमा कम्पनी र अन्य सङ्गठित संस्थाले खरिद गर्न पाउँछन् । यो ऋणपत्र धितो राखेर ऋण लिन र दिन पाइन्छ । ६/६ महिनामा ब्याजदर भुक्तानी पाइन्छ । ऋणपत्र खरिदका लागि अनलाइनबाटै आवेदन दिन सकिन्छ ।

ऋणपत्र घटीमा ५० हजार रुपैयाँ र बढीमा कुल निष्कासन रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निस्शेष भाग जाने अङ्कमा हुनुपर्ने सूचनामा उल्लेख छ । जेठ ५ मा बोलकबोल सङ्कलन गरेर ६ गते ऋणपत्र निष्कासन गरिने राष्ट्र बैङ्कले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस