मुस्ताङको चार पालिकामा एमाले र एकमा काँग्रेस विजयी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मुस्ताङको चार पालिकामा एमाले र एकमा काँग्रेस विजयी


४ जेष्ठ २०७९, बुधबार


म्याग्दी । मुस्ताङका चार स्थानीय तहमा एमाले र एकमा नेपाली काँग्रेसले जितेका छन् ।

पाँच वटा गाउँपालिका रहेको मुस्ताङको लोमान्थाङमा अध्यक्षमा एमालेका टसी नर्बु गुरुङ र उपाध्यक्षमा एमालेकै छ्युमी विष्ट निर्वाचित भएका छन् ।

यसै गरी लो–घेकर दामोदर कुण्डमा एमालेकै लोप्साङ छोम्पेल (राजु) विष्ट अध्यक्षमा र एमालेकै छिरिङ ल्हामो गुरुङ उपाध्यक्षमा विजयी भएका छन् । त्यस्तै बारागुङ मुक्ति क्षेत्रको अध्यक्षमा एमालेका रिनजिङ नामगेल गुरुङ र उपाध्यक्षमा पनि एमालेकै ढिकी गुरुङ तथा थासाङको अध्यक्षमा एमालेको प्रदीप गौचन निर्वाचित भएका छन् ।

त्यस्तै घरपझोङको अध्यक्षमा नेपाली काँग्रेसका मोहनसिंह लालचन र उपाध्यक्षमा काँग्रेसकै जमुना थकाली निर्वाचित भएका छन् ।जिल्लाभर १३५ पदमध्ये एमालेले ९७, काँग्रेसले २४, माओवादीले दुई, राप्रपाले दुई र नेकपा एकीकृत समाजवादीले एक सिट जितेका छन् । उम्मेदवारी नपरेपछि दलित महिला सदस्यको नौ पद रिक्त भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

एमालेबाट लोमान्थाङको वडा नम्बर २ मा कर्म नामग्याल गुरुङ, ३ मा आङजेन गुरुङ, ४ मा छिरिङ धिण्डु गुरुङ, लोघेकर दामोदर कुण्डको १ मा टै धुन्टु ठकुरी, २ मा थुक्तेन छिरिङ गुरुङ, ३ मा झब्याङ तेन्जिङ गुरुङ, ४ मा झयाङ छेसा गुरुङ, ५ मा पासाङ गुरुङ, बारागुङ मुक्ति क्षेत्र १ मा प्रमेश गुरुङ, ३ मा विनोद गुरुङ, ५ मा सुरेन्द्र गुरुङ, घरपझोङ ३ मा फलेन्द्रप्रसाद थकाली, ५ मा प्रदीप थकाली र थासाङ २ मा गौतम शेरचन वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

काँग्रेसबाट लोमान्थाङ १ मा पेमा आङग्या गुरुङ, ५ मा ढुकके विष्ट, वारागुङ मुक्ति क्षेत्र २ मा न्होरु गुरुङ, ४ मा कर्म घ्याचो गुरुङ, घरपझोङ १ मा आशबहादुर थकाली, २ मा मनबहादुर हीराचन, ४ मा यामप्रसाद थकाली, थासाङ १ मा सुरेश थकाली, ३ मा हरिप्रसाद गौचन, ४ मा नरेन्द्र शेरचन र ५ मा रुपेश तुलाचन वडाध्यक्षमा निर्वाचित भएका छन् ।

१३५ पदमा २२६ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । एकल उम्मेदवारी परेको लोघेकर दामोदर कुण्ड र घरपझोङ गाउँपालिकाको तीन÷तीन वटा वडाका जनप्रतिनिधि निर्विरोध भएका थिए । कूल दश हजार ४८५ जना मतदातामध्ये सात हजार ५५७ अथवा ७२।०७ प्रतिशत मत खसेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस