काठमाडौँ महानगरमा ८,११५ मत अन्तरले बालेनकाे अग्रता « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

काठमाडौँ महानगरमा ८,११५ मत अन्तरले बालेनकाे अग्रता


४ जेष्ठ २०७९, बुधबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले नेकपा एमालेका उम्मेदवार केशव स्थापितभन्दा ८ हजार भन्दा बढी मत अन्तरले अग्रता लिएका छन् ।

४३ हजार ६४८ मतगणना गर्दा बालेन्द्रले १७ हजार ३१ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार स्थापितले ८ हजार ८७६ मत पाएका छन् । उनीहरूबिचको मत अन्तर ८ हजार १ सय १५ छ ।

तेस्रो स्थानमा रहेकी नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले ७ हजार ९४१ मत पाएकी छन् । सिर्जना सिंह एमालेका केशव स्थापितभन्दा ९३५ मतले र बालेन शाहभन्दा ९ हजार ९० मतले पछाडि छिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस