कालिकोटमा काँग्रेस/स्वतन्त्र दुई/दुई र माओवादी तीन स्थानमा विजयी « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

कालिकोटमा काँग्रेस/स्वतन्त्र दुई/दुई र माओवादी तीन स्थानमा विजयी


४ जेष्ठ २०७९, बुधबार


मान्म । कालिकोटका नौ स्थानीय तहमध्ये सातको स्थानीय तहको चुनावी नतिजा सार्वजनिक भएको छ ।

तीमध्ये दुई पालिकामा नेपाली काँग्रेस, दुईमा पालिकामा स्वतन्त्र र तीन पालिकामा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार विजयी भएका छन् ।

खाँडाचक्र नगरपालिका र सान्नी त्रिवेणी गाउँपालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । खाँडाचक्रको प्रमुखमा कमलबहादुर शाही र सान्नी त्रिवेणीको अध्यक्षमा मोहनबहादुर केसी विजयी भएका छन् ।

खाँडाचक्रमा माओवादीका उपप्रमुख गणेशबहादुर शाही र सान्नी त्रिवेणीमा उपाध्यक्षमा एमालेबाट पार्वतीसिंह विजयी भएका छन् ।

तिलागुफा नगरपालिका र नरहरिनाथ गाउँपालिकामा काँग्रेसका उम्मेदवार विजयी भएका छन् । तिलागुुफा नगरपालिकाको प्रमुखमा काँग्रेसबाट शङ्करप्रसाद उपाध्याय र नरहरिनाथ गाउँपालिका नगेन्द्र विष्ट विजयी भएका छन् ।

तिलागुफाको उपप्रमुखमा एमालेका उम्मेदवाार महेन्द्रबहादुर शाही र नरहरिनाथ गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रका कमलबहादुर शाह विजयी भएका छन् ।

शुभ कालिका, महावै र पलाता गाउँपालिकामा माओवादीबाट उम्मेदवारले विजयी गरेका छन् । शुभकालिकामा गोविन्द आचार्य, महावैमा खेमबहादुर सिंह र पलाता गाउँपालिकामा विष्णुबहादुर रोकाया विजयी भएका छन् ।

शुभकालिकामा उपाध्यक्षमा काँग्रेसका धर्मा शाही, महावैमा उपाध्यक्षमा एमालेबाट दानसिंह सेजुवाल र पलाता गाउँपालिकाको उपाध्यक्षमा माओवादीका अलैपुरा जैसी निर्वाचित भएका छन् । जिल्लाको रास्कोट नगरपालिका र पचालझरना गाउँपालिका मतगणना जारी नै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस