रुकुम पश्चिमको आठबिसकोटमा माओवादी विजयी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

रुकुम पश्चिमको आठबिसकोटमा माओवादी विजयी


४ जेष्ठ २०७९, बुधबार


रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा पनि माओवादी केन्द्र विजयी भएको छ । नगर प्रमुखमा रवि केसी र उपप्रमुखमा धनकुमारी शाही विजयी भएका हुन् ।

माओवादी केन्द्रका उम्मेदवार केसी ७ हजार ३९९ मतसहित नगर प्रमुखमा विजयी हुँदा निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका धिरेन्द्र कुमार बटालाले ६ हजार ६१५ मत पाए । एमाले उम्मेदवार कृष्णा कुमारी मल्लले १९९ मत पाइन् ।

यसै गरी उपप्रमुखमा पनि माओवादी केन्द्रकी धनकुमारी शाही विजयी भएकी छन् । शाहीले ७ हजार २६७ मत पाइन् । उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दिनेश चन्दले ६ हजार २६८ मत पाएका छन् ।

रुकुम पश्चिमका ६ वटा पालिकाहरूमध्ये चौरजहारी नगरपालिका, त्रिवेणी गाउँपालिका र सानी भेरी गाउँपालिका माओवादी केन्द्र विजयी भएको छ । नेपाली काँग्रेसले बाँफिकोट गाउँपालिका जितेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस