लेटाङ नगरको मेयर र उपमेयरमा एमाले उम्मेदवार विजयी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लेटाङ नगरको मेयर र उपमेयरमा एमाले उम्मेदवार विजयी


४ जेष्ठ २०७९, बुधबार


विराटनगर । मोरङको लेटाङ नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

काँग्रेस(माओवादी केन्द्र गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै एमालेका भुपेन्‍द्रकुमार लावती मेयरमा निर्वाचित भएका हुन् । उपमेयरमा कृष्णकुमारी पोखरेल निर्वाचित भएकी छन् ।

लावतीले १० हजार २२७ मत प्राप्त गर्दा गठबन्धनतर्फका काँग्रेस उम्मेदवार ज्ञानेन्द्र ढकालले ८ हजार १०५ मत ल्याए । सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उम्मेदवार कृष्णकुमार लिम्बुले २८२ मत पाए ।

उपमेयरमा निर्वाचित पोखरेलले ९ हजार ४६० मत प्राप्त गरिन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार कृष्णप्रसाद लम्साल ४ हजार ९०५ मत ल्याए । नेकपा एकीकृत समाजवादीकी उम्मेदवार शान्ति पाख्रिन लामाले १ हजार ६६७ मत प्राप्त गरिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस