राजेन्द्र लिङ्देनले बचाए गृहनगर, दोस्रो कार्यकालका लागी रवीन्द्रप्रसाद लिङ्देन विजयी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

राजेन्द्र लिङ्देनले बचाए गृहनगर, दोस्रो कार्यकालका लागी रवीन्द्रप्रसाद लिङ्देन विजयी


४ जेष्ठ २०७९, बुधबार


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको गृहनगर हल्दीवारी गाउँपालिका राप्रपाले जितेको छ । गाउँपालिका अध्यक्षमा राजेन्द्रका भाइ रवीन्द्रप्रसाद लिङ्देन विजयी भएका छन् ।

जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार विजयी लिङ्देनले ६ हजार ८५६ मत प्राप्त गरे । उनी ०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा पनि अध्यक्ष पदम विजयी भएका थिए ।

लिङ्देन दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा विजयी भएका हुन् । लिङ्देनका निकटतम प्रतिस्पर्धी एमालेका डम्बर बहादुर गिरीले ४ हजार ६६६ मत प्राप्त गरे । भने काँग्रेस तेस्रो स्थानमा छ ।

उपाध्यक्षमा पनि राप्रपा नै विजयी भयो । पार्टी उम्मेदवार लक्ष्मीदेवी मैनालीले ५ हजार ७८ मत प्राप्त गरिन् । दोस्रो स्थानमा रहेकी एमाले नेतृ शान्तदेवी गौतमले ४ हजार १०६ मत प्राप्त गरिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस