लसीपुर उपमहानगरमा एमालेको सुरुवाती अग्रता, पच्छ्याउँदै काँग्रेस « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

लसीपुर उपमहानगरमा एमालेको सुरुवाती अग्रता, पच्छ्याउँदै काँग्रेस


४ जेष्ठ २०७९, बुधबार


काठमाडौँ । दाङको तुलसीपुर उपमहानगरपालिकामा एमालेले सुरुवाती अग्रता लिएको छ ।

तुलसीपुरको मेयरमा पाँच सय मत गणना हुँदा एमालेका टिकाराम खड्काले दुई सय दुई मत प्राप्त गरेका छन्, भने गठबन्धनका तर्फबाट काँग्रेसका उम्मेदवारले गेहेन्द्र गिरीले एक सय ८७ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपमेयरमा एमालेका स्यानी चौधरीले दुई सय ७ र गठबन्धनतर्फबाट एकीकृत समाजवादीका उम्मेदवार जोग बहादुर रानामगरले एक सय ३२ मत प्राप्त गरेका छन् । पहिलो चरणमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ र २ को गणना भइरहेको छ ।

यस पालिकामा एक लाख एक हजार चार सय ६० मतदातामध्ये ७४ हजार तीन सय ३६ मत खसेको थियो । यसअघि तुलसीपुरको मेयर, उपमेयरमा एमालेले जितेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस