२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भूमे गापको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

अ+ अ-

रुकुम पूर्व । रुकुमपूर्वको भूमे गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)ले विजयी हासिल गरेको छ ।

भूमेमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा माओवादी केन्द्रले विजयी हासिल गरेको हो ।

गाउँपालिकाको अध्यक्षमा होमप्रकाश श्रेष्ठ निर्वाचित भएका छन् भने उपाध्यक्षमा सबिना बुढा निर्वाचित भएकी छन् । उनीहरु दुवै जना भारी मतका साथ विजयी भएका हुन् ।

अध्यक्षमा विजयी श्रेष्ठले तीन हजार ९७५ मत प्राप्त गरेका छन् भने उपाध्यक्षमा विजयी बुढाले तीन हजार ९५१ मत प्राप्त गरेकी छन् ।

यस्तै अध्यक्ष पदका लागि उम्मेदवारी दिएका नेशनल मङ्गोल अर्गनाइजेशन पार्टीका रतनबहादुर बुढाले ५०३ मत प्राप्त गरे ।

एमाले–काँग्रेस गठबन्धनबाट उपाध्यक्षमा लडेका कमान सिंह डाँगी क्षेत्रीले एक हजार ३५५ मत प्राप्त गरे ।

यस गाउँपालिकामा उम्मेदवारी दिँदा एमाले र काँग्रेसले गठबन्धन गरेका थिए । गठबन्धन गर्दा काँग्रेसले पालिका अध्यक्षमा र एमालेबाट उपाध्यक्षमा उम्मेदवारी दर्ता भएको थियो ।

पछि काँग्रेसबाट अध्यक्षमा उम्मेदवारी दिएका भीमबहादुर ओलीले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए ।

नौ वटा वडा रहेको यस गाउँपालिकाको ८ नं वडामा मात्र काँग्रेसले वडाध्यक्ष जितेको छ ।

वडा सदस्य सबै माओवादीले जितेको छ । वडा नं ४ एमाले–माओवादीको गठबन्धन हुँदा वडाध्यक्ष एमालेबाट र वडा सदस्य माओवादीबाट विजयी भएका छन् । अन्य सबै वडामा माओवादीको प्यानलै विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस