दिप्रुङ चुइचुम्माको प्रमुख र उपप्रमुख दुवैमा एमाले « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दिप्रुङ चुइचुम्माको प्रमुख र उपप्रमुख दुवैमा एमाले


३ जेष्ठ २०७९, मंगलबार


खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवैमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् ।

प्रमुखमा एमालेका लोकेन्द्र राई र उपप्रमुखमा अरुणा थापा मगर विजयी भएका हुन् ।

काँग्रेसका नइन्द्र राईलाई ६४१ मतले पछि पार्दै लोकेन्द्र गाउँपालिका प्रमुखमा विजयी भएको निर्वाचन अधिकृत गम्भीर घिमिरेले जानकारी दिए ।

लोकेन्द्रले दुई हजार ८०३ र नइन्द्रले दुई हजार १६२ मत प्राप्त गरेको जनाइएको छ ।

यस्तै, उपप्रमुखमा विजयी मगरले दुई हजार ७३३ मत प्राप्त गरेकी छन् । निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी रमा कटवालले दुई हजार ३१२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

माओवादी केन्द्रका गाउँपालिका प्रमुखका उम्मेदवार गोपालचन्द्र राईले दुई हजार ९३ मत र उपप्रमुखका उम्मेदवार नैनकुमारी खत्रीले एक हजार ७०६ मत प्राप्त गरेका छन् ।

निर्वाचनमा तेस्रो मत प्राप्त गर्नुभएका गोपालचन्द्र सरकारी अधिकृतको जागिर छाडेर गाउँपालिका प्रमुखका उम्मेदवार बनेका थिए ।

दिप्रुङ चुइचुम्मामा काँग्रेस, माओवादी केन्द्र र एमाले गठबन्धन नगरी छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरेर चुनावमा लडेको थियो ।

सात वडा रहेको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको चार वडामा एमाले र तीन वडामा काँग्रेस विजयी भएको छ वडा नं १ याम्खामा काँग्रेसका केशवकुमार खत्री, वडा नं २ डाँडागाउँमा काँग्रेसकै बद्री कटवाल, वडा नं ३ छोरम्बुमा एमालेका भूपेन्द्र बस्नेत, वडा नं ४ बतासेमा एमालेका बबेन्द्र राई, वडा न ५ सछितापोखरीमा काँग्रेसका डम्बरहादुर खड्का, ६ छितापोखरीमा एमालेका मिलन राई र वडा ७ टेम्मामा एमालेका गन्धमान मगर वडाध्यक्षमा निर्वाचित भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस