२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेँसीसहरमा एमाले विजयी

अ+ अ-

लमजुङ । सदरमुकामसमेत रहेको बेँसीसहर नगरपालिकामा नेकपा(एमाले)का उम्मेदवार विजयी भएका छन् ।

आज दिउँसो सम्पन्न मतगणनामा नगर प्रमुखमा पुनः एमालेकै गुमानसिंह अर्याल र उपप्रमुखमा एमालेकी पद्मा गुरुङ विजयी भएका हुन् ।

गठबन्धनका उम्मेदवार काँग्रेसका श्रीकान्त घिमिरेलाई दुई हजार आठ मतले पराजित गर्दै नगर प्रमुखमा पुनः अर्यालले जितेका हुन् ।

यसअघि पाँच वर्ष नगरपालिकाको प्रमुखमा रहेर काम गरेका अर्याल पुनः पाँच वर्षका लागि नगरप्रमुखमा निर्वाचित भएका हुन्।

विजयी अर्यालले नौ हजार ४७९ मत प्राप्त गरेका छन् भने, उनको प्रतिद्वन्द्वी काँग्रेसका घिमिरेले सात हजार ४७१ मत प्राप्त गरे ।

त्यस्तै, प्रमुखमा राप्रपाका अजितबहादुर अधिकारीले १४६ मत प्राप्त गरेको छ भने मङ्गोल नेशनल अर्गनाइजेशनका कुलुकुमारी गुरुङले ५३ मत र जसपाका बलबहादुर रानाले ४३ मत प्राप्त गरेका छन् ।

विजयी अर्यालले विसं २०७४ को स्थानीय तह चुनावमा काँग्रेसका तत्कालीन सभापति भेषबहादुर पौडेललाई २९७ मतले हराउँदै निर्वाचित भएका थिए।

त्यस्तै, उपप्रमुखमा निर्वाचित गुरुङले चार हजार १५ मत अन्तरले बढी ल्याउँदै भारी मतले विजयी भएकी छन्। उनले आठ हजार ७१४ मत प्राप्त गरेकी छन् भने उनको प्रतिद्वन्द्वी गठबन्धनका माओवादी केन्द्र हरिजङ्ग तामाङले चार हजार ६९९ मत प्राप्त गरेको छ ।

त्यस्तै, स्वतन्त्र उम्मेदवार जीवनकुमार श्रेष्ठले एक हजार ६१५ मत प्राप्त गरेका छन् । उपप्रमुखमा राप्रपाका मेनुका कार्कीले १४८ मत र मङ्गोल नेश्नल अर्गनाइजेशनका पदममाया गुरुङले ४८ मत प्राप्त गरे।

बेँसीसहर नगरपालिकामा ११ वटा वडा रहेकोमा एमालेबाट वडा नं १ मा दुर्गाबहादुर बुढाथोकी, २ मा मदनबहादुर राना, ५ मा इन्द्रबहादुर गुरुङ, वडा नं ७ मा ऋषि बस्नेत, वडा नं ८ मा पवित्रा थापा राना, वडा नं १० मा गङ्गाबहादुर थापा र वडा नं ११ मा शिवप्रसाद जोशी वडाध्यक्षमा निर्वाचित भएका छन् ।

वडा नं ६ मा एमालेबाट बागी उठेका स्वतन्त्र प्रकाश थापा वडाध्यक्ष बन्न सफल भएका छन् ।

सत्ता गठबन्धनबाट काँग्रेसतर्फ वडा नंं ४ मा गमबहादुर गुरुङ र वडा नं ९ मा खुसीजङ्ग गुरुङ वडाध्यक्षमा निर्वाचित भएका छन् ।

माओवादी केन्द्रबाट वडा नं ३ मा चित्र दनाइँ वडाध्यक्षमा निर्वाचित भएका छन् । बेँसीसहर नगरपालिकामा कूल मतदाता २६ हजार २०७ रहेकोमा १८ हजार १८५ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस