भरतपुर महानगर अपडेट : रेनु २ सयभन्दा धेरै मतले अगाडि « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

भरतपुर महानगर अपडेट : रेनु २ सयभन्दा धेरै मतले अगाडि


३ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहालले नेकपा एमालेका विजय सुवेदीलाई २११ मतले पछि पारेकी छन् ।

अहिलेसम्म १९५८३ मत गनिसक्दा रेनुले ६६०२ मत पाएकी छन् भने प्रतिस्पर्धी सुवेदीले ६३९१ मत पाएका छन् ।

यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३२२१ मत पाएका छन् ।

उपमेयरमा भने काँग्रेसका चित्रसेन अधिकारी ८०२६ मतसहित पहिलो स्थानमा छन् । उनलाई राप्रपाकी हिमला गुरूङले ५२५३ मत ल्याएर पछ्याइरहेकी छन् ।

भरतपुरमा काँग्रेस र माओवादीबीच चुनावी तालमेल छ ।

Tags :
प्रतिक्रिया दिनुहोस