काभ्रेको पाँचखाल नगरमा कडा सुरक्षाबीच मतदान जारी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

काभ्रेको पाँचखाल नगरमा कडा सुरक्षाबीच मतदान जारी


३ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । ३० वैशाखमा रोकिएको काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर १३ को मतदान कडा सुरक्षाबीच आज मंगलबार मतदान भइरहेको छ ।

पाँचखाल नगरपालिका–१३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान भइरहेको हो ।

गत शुक्रबार विवाद भएपछि रोकिएको निर्वाचन आज बिहान ७ बजेबाट सुरु भएको थियो ।

स्थगित चुनाव जिल्ला प्रशासन कार्यालय काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारको नेतृत्वमा प्रमुख कोष नियन्त्रक हेमन्तराज निरौलालाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ ।

यसअघि ३० वैशाखमा मतपत्र दिने क्रममा विवाद भएपछि स्थगित भएको निर्वाचन ३ जेठमा गर्ने गरी निर्णय भएको थियो ।

दुई वटा मतदान केन्द्र रहेको विद्यालयमा १७ सय ७८ मतदाता छन् । मतदान साँझ ५ बजेसम्म रहने निर्वाचन कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस