टोखामा प्रमुख र उपप्रमुखमा काँग्रेसको अग्रता « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

टोखामा प्रमुख र उपप्रमुखमा काँग्रेसको अग्रता


३ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसकी रजनी थापाले अग्रता लिएकी छन् ।

कूल २१ हजार ७२ मत गणना हुँदा काँग्रेसकी थापाले आठ हजार ४३० मत ल्याई अग्रता लिएकी हुन् ।

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार प्रकाश अधिकारीले आठ हजार २२६ मत प्राप्त गरेको टोखाका निर्वाचन अधिकृत सविता शर्माले जानकारी दिइन् ।

यस्तै, उपप्रमुखमा पनि नेपाली काँग्रेसकै उम्मेदवार मुरारी तामाङले अग्रता लिएका छन् । तामाङले आठ हजार ४११ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार ज्ञानमाया डङ्गोलले सात हजार ६६३ मत प्राप्त गरेकी छन् ।

टोखाको हालसम्म आठ वटा वडाको मतगणना सम्पन्न भइसकेको छ । तीमध्ये वडा नं १ मा नेपाली काँग्रेसका रमेशकुमार लामिछाने, वडा नं २ मा नेकपा एमालेका धर्मेन्द्र श्रेष्ठ, वडा नं ३ मा एमालेकै रमेश डङ्गोल, वडा नं ४ मा एमालेका धर्मेन्द्र श्रेष्ठ र वडा नं ५ मा एमालेकै मदन गुरुङ अध्यक्षमा विजयी भएका छन् ।

यस्तै, वडा नं ६ मा काँग्रेसका शान्ता खनाल, वडा नं ७ मा एमालेका नरोत्तम राना र वडा नं ८ मा एमालेकै रमेश खत्री अध्यक्षमा विजयी भएका छन् ।

टोखामा अहिले वडा नं ९, १० र ११ को मतगणना भइरहेको छ । कूल ३४ हजार ६७६ मतदाता रहेको टोखामा २५ हजार ५६० मत खसेको निर्वाचन अधिकृत शर्माले बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस