भरतपुर महानगर अपडेट : १८ हजार ५८३ मत गन्दा रेनुलाई ९२ को अग्रता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भरतपुर महानगर अपडेट : १८ हजार ५८३ मत गन्दा रेनुलाई ९२ को अग्रता


३ जेष्ठ २०७९, मंगलबार


चितवन । भरतपुर महानगरपालिकाको मतगणना जारी छ । अहिले वडा नम्बर–५ को गणना भइरहेको छ ।

उक्त वडामा प्रमुख पदमा नेकपा (माओवादी केन्द्र)की उम्मेदवार रेनु दाहालले मतान्तर बढाउँदै लगेकी छन् ।

दाहालले नेकपा (एमाले)का उम्मेदवार विजय सुवेदीलाई ९२ मतले पछाडि पारेकी छन् ।

१८ हजार ५८३ मत गन्दा दाहालले ६,२०७ मत पाएकी छन् । सुवेदीले ६,११५ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३,०२२ मत पाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस