कपुरकोट गाउँपालिकामा एकीकृत समाजवादी विजयी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कपुरकोट गाउँपालिकामा एकीकृत समाजवादी विजयी


३ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । सल्यानको कपुरकोट गाउँपालिका अध्यक्षमा एकीकृत समाजवादीका दुर्गाबहादुर पुन विजयी भएका छन् । ​

गठबन्धनबाट अध्यक्षको उम्मेदवार बनेका पुनले एमालेका भीमबहादुर सेनलाई २२४ मतान्तरले हराएका हुन् । पुनले ३१६० मत प्राप्त गर्दा सेनले २९३६ मत प्राप्त गरे ।

माओवादी केन्द्रका प्रकाश भण्डारी ३२४० मत प्राप्त गरेर उपाध्यक्ष पदमा विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका भीमा बुढाथोकीले २७४५ मत प्राप्त गरिन् । कपुरकोटमा समाजवादी र माओवादीबिच गठबन्धन भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस