बैतडीको डिलासैनीमा गठबन्धन र एमालेलाई पछि पार्दै स्वतन्त्रका जोशी विजयी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बैतडीको डिलासैनीमा गठबन्धन र एमालेलाई पछि पार्दै स्वतन्त्रका जोशी विजयी


३ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । बैतडीको डिलासैनी गाउँपालिकामा स्वतन्त्र उम्मेदवार सन्तोषप्रकाश जोशी विजयी भएका छन् । जोशी ३ हजार १ सय ८९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका साँझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का लोकेन्द्रबहादुर रानाले २ हजार ६ सय ५१ मत प्राप्त गरे ।

जोशी एमालेले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएर पुतली चुनाव चिन्हबाट निर्वाचनमा होमिएका थिए ।

यस्तै उपाध्यक्षमा भने गठबन्धनका भगीरथ बोहरा ३ हजार ८ सय ७३ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी लिलावती जोशीले २ हजार ७ सय ७९ मत पाएकी छिन् ।

गाउँपालिकाको वडा नम्बर १ मा काँग्रेसका कृष्णकुमार धामीले जित हासिल गरेका छन् । २, ३ मा एमालेले जित निकालेको छ । भने वडा नम्बर ४ मा स्वतन्त्रबाट हरिस पन्त, ५ मा यज्ञराज भट्ट र ७ मा प्रकाश भट्ट विजयी भएका छन् ।

वडा नम्बर ६ मा नेपाली काँग्रेसका उत्तरबहादुर बोहरा निर्वाचित भए ।

Tags :
प्रतिक्रिया दिनुहोस