खोटाङ । बालेन साहको जित हारमा खसी बाजी राख्ने खोटाङका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङका विजय फुयाँल र रमेश खड्का आज (सोमबार) पक्राउ परेका हुन् ।
यस्तो बाजी गैर कानुनी भएकाले पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक उमेश लम्सालले बताए ।
साहले चुनाव जिते फुयाँललाई खड्काले २८ किलोको खसी दिनुपर्ने र चुनावमा साह पराजित भए फुयाँलले २८ किलोकै खसी खड्कालाई तिर्नुपर्ने भन्ने बारेमा दुवै पक्षले गरेको तमसुक बाहिरिएको थियो ।
यदि खसी दिन नसकेमा त्यति किलोको खसीको मूल्य दिनुपर्ने उनीहरूद्वारा गरिएको तमसुकमा उल्लेख गरिएको छ ।
दिक्तेलस्थित राजन दुलालको घरमा बसेर स्थानीय दिनेश आचार्य, सुमन बास्तोला र सरोज खतिवडाको रोहबरमा उनीहरूले बाजी राखेका थिए । ‘बाजीमा रोहबरमा राखिहाले‚’ दिनेश आचार्यले भने‚ ‘तर‚ बाजीको लेनदेन कहिले भन्ने चाहिँ टुङ्गो भएको छैन ।’
