२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतबाट फेरि बढेर आयो इन्धनको मूल्य, पेट्रोल लिटरमै ८ रुपैयाँ बढ्यो

अ+ अ-

काठमाडौँ । भारतीय आयल कर्पोरेसन(आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्य फेरि बढाएर पठाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले खरिद गर्ने प्रशोधित तेलको मूल्य समेत बढेको निगमले जनाएको छ ।

आईओसीले आज (सोमबार) पठाएको मूल्यअनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ बढेको निगमका प्रवक्ता बिनितमणी उपाध्यायले बताए ।

प्रवक्ता उपाध्यायका अनुसार डिजेलमा ४ रुपैयाँ तथा हवाई इन्धनमा ७ रुपैयाँ बढेर आएको छ ।

‘निगमले आईओसीसँग खरिद गर्ने प्रशोधित तेलको मूल्य वृद्धिसँगै निगमको नोक्सानी थप बढेको छ,’ उपाध्यायले भने ।

उनका अनुसार पछिल्लो ५ महिनाको अवधिमा आईओसीबाट प्राप्त हुने मूल्य सूची उच्च दरले बढेको छ ।

५ महिनाको अवधिमै पेट्रोलमा प्रतिलिटर ४५ रुपैयाँ, डिजेलमा ६२ रुपैयाँ, मट्टितेलमा ४०, हवाई इन्धनमा ५७ रुपैयाँ र खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर २ सय ८० रुपैयाँ बढेको उनले बताए ।

रुस-युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य उच्च दरले बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सय ११ डलर हाराहारीमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस