नेपाल आउँदा छुट्टै आध्यात्मिक अनुभूति हुन्छ : मोदी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेपाल आउँदा छुट्टै आध्यात्मिक अनुभूति हुन्छ : मोदी


२ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । लुम्बिनी भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई नेपाल भ्रमणमा आउँदा राजनीतिक भन्दा पनि आध्यात्मिक अनुभूति हुने गरेको बताएका छन् । उनले नेपालबाट आफूले आध्यात्मिक आशीर्वाद पाउने गरेको बताए ।

सोमबार लुम्बिनीमा आयोजित २५६६औँ बुद्ध जयन्ती विशेष समारोहलाई सम्बोधन गर्दै उनले नेपाल–भारत बिचको सम्बन्ध हिमालजस्तै अटल रहेको बताए ।

दुई देशबिच घनिष्ठ सम्बन्ध रहेको बताउँदै उनले भने, ‘जनकपुरमा मैले भनेको थिएँ, नेपालविना हाम्रा राम पनि अधुरै हुन्छन्, आज भारतमा बनिरहेको राम मन्दिरबाट नेपाल पनि उत्ति नै खुसी छ भन्ने मलाई विश्वास छ ।’

उनले भौगोलिक सीमाभन्दा माथि उठेर गौतम बुद्ध सबैका भएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस