भरतपुरमा एमाले र गठबन्धनबिच कडा टक्कर, रेनुलाई फेरी उछिने सुवेदीले « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

भरतपुरमा एमाले र गठबन्धनबिच कडा टक्कर, रेनुलाई फेरी उछिने सुवेदीले


२ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विजय सुवेदीले सत्तारुढ गठबन्धनकी रेनु दाहाललाई ४ मतले उछिनेका छन् । कडा प्रतिस्पर्धा भइरहेको सो पदमा विजय सुवेदीले ३ हजार ६३३ मत हासिल गर्दा माओवादी केन्द्रकी रेनु दाहालले ३ हजार ६२९ मत पाएकी छन् ।

प्रमुख पदमै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार ३९७ मत पाएका छन् । यस्तै, उपप्रमुखमा नेपाली काँग्रेसका चित्रसेन अधिकारीले चार हजार ११३ मतसहित फराकिलो अग्रता बनाएका छन् । राप्रपाकी हिमला गुरुङले २ हजार ८६१ मत पाएकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस