बझाङ । बझाङको थलारा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका प्रकाश रोकाया विजयी भएका छन् ।
उनले दुई हजार ७७४ मत प्राप्त गरेका हुन्। उनको निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कुलराज जोशी रहेका छन् ।
जोशीले दुई हजार ११३ र सत्ता गठबन्धनका उम्मेदवार विनोद थापाले एक हजार २०३ मत प्राप्त गरेका छन् ।
त्यस्तै गाउँपालिकाको उपाध्यक्षमा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका राम खाती तीन हजार १५० मत ल्याएर विजयी भएका छन् ।
उनका निकटतम प्रतिस्पर्धी एमालेकी मिरा रावलले दुई ५८७ मत ल्याएका छन् ।