काठमाडौँ महानगर अपडेट : डङ्गोलले भारी मतले लिइन् अग्रता « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

काठमाडौँ महानगर अपडेट : डङ्गोलले भारी मतले लिइन् अग्रता


३१ बैशाख २०७९, शनिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको उपमेयरमा एमालेबाट सुनिता डङ्गोलले भारी मतले अग्रता लिएकी छन् ।

निर्वाचन आयोगले दिएको आधिकारिक तथ्याङ्क अनुसार डङ्गोलले ५२० मत प्राप्त गरेकी छन् ।

उनका प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठले ११० मत पाएका छन् ।

मेयरमा भने स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता छ । साहले ४०२ मत प्राप्त गर्दा एमालेका केशव स्थापितले ३१९ मत ल्याएका छन् ।

काँग्रेसकी सिर्जना सिंहले २०२ मत पाएकी छन् ।

यो वडा नम्बर १ र ३२ को १ हजार मत र वडा नम्बर २ को १८० मत गणनाको परिणाम हो ।

अहिले यी सँगै वडा नम्बर २ र ४ को गणना पनि जारी रहेको छ । तर ती वडाको आधिकारिक परिणाम सार्वजनिक भएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस