काठमाडौँ । दाङका तीनवटा पालिकामा मतगणना सुरु भएको छ ।
लमही नगरपालिकामा आज बिहान ६ बजेबाट मतगणना सुरु भएको छ । एकै पटक तीन स्थानमा गणना गरिने निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।
पहिलो चरणमा वडा नम्बर १, ५ र ९ को मतगणना हुनेछ । लमहीमा ७४.५८ प्रतिशत मत खसेको छ । कुल ३४ हजार ३८२ मतदाता रहेको लमहीमा २५ हजार ६४१ मत खसेको हो ।
त्यस्तै राप्ती गाउँपालिकामा गए राति १२ बजेदेखि नै मत गणना सुरु गरिएको छ । अहिले मत गणना जारी छ । राप्तीमा ३२ हजार ३ सय २३ मध्ये २३ हजार ५१८ मत खसेको छ ।
त्यस्तै बबईमा गाउँपालिकामा पनि बिहान २ बजेदेखि मतगणना सुरु गरिएको छ । २२ हजार १४४ मतदाता मध्ये १५ हजार ४ सय २४ मत खसेको छ ।