काठमाडौँ । स्याङ्जाको वालिङमा जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । भने १२ जना घाइते भएका छन् ।
वालिङ नगरपालिका-४ पञ्चमूल अर्खलबासस्थित भित्री सडक खण्डमा सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बरको जिप सडकबाट ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक (डिएसपी) रवीन्द्र खनालले प्रशासन डटकमलाई जानकारी दिए ।
मतदाता बोकेर मतदान केन्द्रतिर जाँदै गरेको जिप दुर्घटनामा परेको खनालले बताए। घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर छ ।
खनालले प्रशासन डटकमसँग भने, ‘१३ जनाको मृत्यु पुष्टि भइसकेको छ। घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर छ ।, ‘विस्तृत विवरण आउन बाँकी छ।’