चितवनका सिडिओलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

चितवनका सिडिओलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण


२९ बैशाख २०७९, बिहिबार


काठमाडौँ । चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दा किन नरोकेको भन्दै तामाङलाई आयोगले स्पष्टीकरण सोधेको हो ।

प्रचण्डले चितवन पुगेर गठबन्धनका नेता तथा कार्यकर्तासहित उमेदवारसँग भेटेको भन्दै आयोगले प्रचण्डलाई पनि स्पष्टीकरण सोधिसकेको छ ।

मौन अवधिमा प्रचण्डले निर्वाचन प्रचार–प्रसार तथा राजनीतिक गतिविधि गरेर निर्वाचन गतिविधिमा संलग्न भएर आचारसंहिता उल्लङ्घन गरेको थाहा छ कि छैन ? भन्दै प्रमुख जिल्ला अधिकारी तामाङलाई आयोगले आठ घण्टाभित्र स्पष्टीकरण दिन भनेको छ ।

सम्बन्धित समाचार : अध्यक्ष प्रचण्डलाई सुरक्षा दिने चितवनका प्रहरी प्रमुखलाई आयोगले सोध्यो स्पष्टीकरण

सम्बन्धित समाचार : अध्यक्ष प्रचण्डलाई आयोगले सोध्यो स्पष्टीकरण

Tags :
प्रतिक्रिया दिनुहोस