अध्यक्ष प्रचण्डलाई सुरक्षा दिने चितवनका प्रहरी प्रमुखलाई आयोगले सोध्यो स्पष्टीकरण « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

अध्यक्ष प्रचण्डलाई सुरक्षा दिने चितवनका प्रहरी प्रमुखलाई आयोगले सोध्यो स्पष्टीकरण


२९ बैशाख २०७९, बिहिबार


काठमाडौँ । मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लङ्घन बारे नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुरक्षा प्रदान गर्ने चितवनका प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) नवराज अधिकारीलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

अध्यक्ष प्रचण्डलाई आचारसंहिता उल्लङ्घन गर्नबाट किन नरोकेको भन्दै आयोगले आठ घण्टाभित्र स्पष्टीकरण पठाउन निर्देशन दिएको छ ।

प्रचण्ड हिजो भरतपुर पुगेर आज (बिहीबार) बिहान माडी नगरपालिका वडा नं. ५ मा रहेको होटल प्याराडाइजमा गठबन्धनका उम्मेदवार र कार्यकर्ताहरुसहित करिब ३० जना व्यक्तिहरुसँग भेटघाट गरेको सूचना प्राप्त भएको आयोगले जनाएको छ ।

सम्बन्धित समाचार : मौन अवधिमा माओवादी अध्यक्ष दाहाल माडी गएपछि चितवन एमालेको आपत्ति

सम्बन्धित समाचार : भरतपुरमा प्रचण्डविरुद्ध आएको उजुरी निर्वाचन कार्यालयद्वारा दरपिठ

Tags :
प्रतिक्रिया दिनुहोस