अफगानिस्तानमा तालिबान सरकार बनेपछि नौ लाखले गुमाए जागिर « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अफगानिस्तानमा तालिबान सरकार बनेपछि नौ लाखले गुमाए जागिर


२७ बैशाख २०७९, मंगलबार


काबुल । अफगानिस्तानमा तत्कालीन तालिबान लडाकुहरूले सत्ता कब्जा गरेपछि अहिलेसम्म झन्डै नौ लाख मानिसले जागिर गुमाएका छन् ।

अफगानिस्तानको पुनर्निर्माणका लागि अमेरिकी विशेष निरीक्षकले दिएको जानकारी अनुसार यो तथ्याङ्क गत अगस्टदेखि अहिलेसम्मको हो ।

विशेष गरेर विगतका काम गर्दै आइरहेका महिलाहरूले अहिले काम गर्न नपाएकाले रोजगारी गुमाएकाहरूको सङ्ख्या धेरै देखिएको बताइएको छ ।

अहिले गरिबी पनि बढेको र लाखौँ मानिस भोकमरी र अभावको चपेटामा रहेको निरीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) का अनुसार सन् २०२१ को तेस्रो चौमासिकमा पाँच लाखले रोजगारी गुमाएका थिए । बाँकीले त्यसपछिको समयमा गुमाएका हुन ।

झन्डै चार दशकको आन्तरिक द्वन्द्वमा परेको अफगानिस्तानमा अहिले शान्ति स्थापना हुने अपेक्षा गरिए पनि असन्तुष्टि भने प्रकट भइरहेको छ ।

तालिबान सरकारको नीति र कार्यशैलीप्रति आन्तरिक तथा बाह्य क्षेत्रबाट असन्तुष्टि व्यक्त भइरहेको हो भने हिंसात्मक घटना पनि फेरि सुरु हुन थालेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस