२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तह निर्वाचन : आचारसंहिता कार्यान्वयनमा बेवास्ता

अ+ अ-

गलकोट । स्थानीय तहको निर्वाचन नजिकिएसँगै उम्मेदवारहरुले चुनावी प्रचारप्रसारलाई तीव्र बनाएका छन् । तर चुनाव प्रचारप्रसारका क्रममा उनीहरुले आचारसंहितालाई भने ख्याल नगरेको पाइएको छ ।

मतदातालाई आकर्षित गर्नका लागि उम्मेदवारहरुले चर्को आवाजमा माइक बजाउने, प्रचारप्रसारमा बालबालिकालाई प्रयोग गर्ने र विद्यालयलगायतका स्थानमा चुनावी सभा गरेको पाइएको छ ।

यद्यपि मुख्य निर्वाचन अधिकृत कार्यालय बागलुङमा भने लिखित उजुरी भने परेका छैनन् ।

तर दैनिकजसो आचारसंहिता उल्लङ्घन गरेको मौखिक उजुरी आउने गरेको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिए ।

दलहरुलाई आफूहरुले आचारसंहिताका विषयमा पटकपटक ध्यानाकर्षण गराएको भन्दै त्यसतर्फ निर्वाचन कार्यालय गम्भीर भएको बताए ।

सहरभन्दा गाउँका डाँडाकाँडामा प्रचारात्मक सामग्री तथा चुनावी गीत गुन्जिरहेको छ ।

बजार क्षेत्रभर रातको १० बजेसम्म चर्को आवाजमा चुनावी नारा समेटिएको गीत घन्काउने गर्दा नागरिकलाई सास्ती भएको निर्वाचन कार्यालयमा गुनासो टिपाउने गरेका छन् ।

सामुदायिक विद्यालय, स्वास्थ्यचौकीलगायतका स्थानमा पनि आमसभा गरेको नेता तथा कार्यकर्ताले सामाजिक सञ्जालमा फोटो पोस्ट गर्ने गरेका छन् ।

तर सम्बन्धित निकायले भने यसतर्फ खासै ध्यान नदिँदा निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना बढेर जाने देखिएको छ ।

आचारसंहितामा सार्वजनिक स्थलमा चुनावी प्रचार तथा आमसभा नगर्ने भनेको भए पनि दलले अटेरी गर्दै आएका छन् ।

बागलुङमा धेरै आचारसंहिता उल्लङ्घन गर्नेमा गठबन्धन र एमाले अगाडि छ । गठबन्धनले गाउँ गाउँमा बाजागाजासहित चुनावी सभा गर्दै आएको छ भने एमाले र राप्रपाले बाइक र्‍याली गरेर मतदाता आकर्षित गराइ राखेको पाइएको छ ।

केही दिन अगाडि काठेखोला गाउँपालिका–३ धम्जाको एक विद्यालयमा गठबन्धन र नेकपा (एमाले)ले सयौँको सङ्ख्यामा मान्छे जम्मा गरेर चुनावी सभा गरेको थियो ।

विद्यालयमा आमसभा गर्न नपाइने भए पनि दलले स्थान अभाव भएको भन्दै विद्यालयमा आमसभा गर्दै आएका छन् ।

निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता जुलुस, आमसभा, कोणसभा, बैठक एवं भेला गर्दा सभ्य र अनुशासित तरिकाले गर्ने, भेला गर्दा स्थानीय प्रशासनको अनुमति लिएर मात्रै गर्ने भने पनि यहाँका कुनै पनि दलले त्यसको पालना गरेका छैनन् ।

आमसभा, कोणसभा, बैठक एवं भेला गर्नु ७२ घण्टा अगाडि नै स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय र स्थानको जानकारी गराउने भने पनि अहिलेसम्म कुनै पनि दलले प्रहरी प्रशासनलाई जानकारी गराएको पाइएको छैन ।

प्रहरी प्रशासनलाई कुन दलले कहाँ आमसभा गर्दै छ भन्नेसमेत जानकारी हुँदैन ।

जिल्लामा ठुला नेता आउँदा जानकारी गराए पनि अहिले दलले गाउँ गाउँमा आमसभा आफ्नै तरिकाले गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए ।

निर्वाचन आयोगले चुनावी प्रचारप्रसारमा १८ वर्ष मुनिका बालबालिकालाई प्रयोग नगर्ने भनेको भए पनि यसको पालना हुन सकिरहेको छैन ।

आचारसंहिता उल्लङ्घन गरी चुनाव प्रचारप्रसार गर्दा समस्या भएको स्थानीयवासीले गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस