नेपाल र जिम्बाब्वेको ‘ए’ टोलीबिच आज पहिलो एक दिवसीय शृङ्खला हुँदै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नेपाल र जिम्बाब्वेको ‘ए’ टोलीबिच आज पहिलो एक दिवसीय शृङ्खला हुँदै


२३ बैशाख २०७९, शुक्रबार


काठमाडौँ । नेपाल र जिम्बाब्वेको ‘ए’ टोलीबिच आज पहिलो एक दिवसीय क्रिकेट शृङ्खला हुँदै छ । खेल बिहान साढे ९ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ ।

नेपालले जिम्बाब्वे ‘ए’ सँग तीन एक दिवसीय खेल्न लागेको हो । भोलि दोस्रो र सोमवार तेस्रो एक दिवसीय हुनेछ । यसअघि गएको १७ गतेदेखि तय भएको एक दिवसीय शृङ्खला वर्षाका कारण प्रभावित भएपछि खेल तालिका परिवर्तन गरिएको थियो ।

एक दिवसीय शृङ्खलाका लागि नेपालले सन्दीप लामिछानेको कप्तानीमा फरक टोली घोषणा गरेको छ । टोलीमा कप्तान लामिछानेसहित आसिफ शेख, देव खनाल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, सागर ढकाल, विक्रम सोब, किशोर महतो, सुनिल धमला, सुशन भारी र आदिल अन्सारी रहेका छन् ।

विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत अमेरिका भ्रमणअघि नेपालले जिम्बाब्वेको ‘ए’ टोलीसँग खेलेको टी–२० शृङ्खला भने बराबरी भएको छ । तीन टी–२० शृङ्खलामा नेपाल पहिलो खेलमा ६ विकेटले पराजित भएको थियो । दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो । तेस्रो खेलमा नेपालले जिम्बाब्वे ‘ए’ टोलीलाई ८ विकेटले हराएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस